कला-साहित्य
डलरको मोह
विगत केहि वर्ष देखि अ मेरिका को टेक्सास राज्यमा बस्दै आउनुभएका साहित्यकार, साहित्य प्रेमि एवम् एक आशामुखी युवा इश्वर ढकाल दैनिक आफ्नो फुर्सद को समयमा कलम चलाउने गर्छन् , उहाँ को कलम बाट हामि बिभिन्न किसिम्का गजल , कविता , मुक्तक जस्ता साहित्य विधा हरु पढ्न र सुन्न पाइरहेका हुन्छौ । त्यत्क मध्य बाट आज एउटा कविता द अनलाइननेपाल बाट प्रकाशित गर्न पाउदा साहित्यकार एवम् एक देश भक्त युवा उनै इश्वर ढकाल प्रति आभार व्यक्त गर्न चाहान्छौँ ।
**कविता **
डलरको मोह...
अमेरिका जाने हतारो देख्दा डर लाग्छ,
सपना बेच्ने बजारो देख्दा डर लाग्छ।
नेपाली माटो छोडेर स्वर्ग खोज्नेहरू,
डलरले किन्ने विचारो देख्दा डर लाग्छ।
दालभात र गुन्द्रुक बिर्सिन्छन् परदेशमा,
पिज्जा र बर्गरको प्यारो देख्दा डर लाग्छ।
उड्न चाहन्छन्, तर पखेटा छैनन् अझै,
बिवेक गुमेको अवतारो देख्दा डर लाग्छ।
यहाँ संघर्षले भन्छ— “सजिलो केही छैन,” तर
सपना बुन्ने त्यो नारो देख्दा डर लाग्छ।
पाखुरी बाङ्गिएर मात्र आउँछ जीवन,
तर भाग्यको दोषी संसारो देख्दा डर लाग्छ।
“सपना पूरा हुन्छ,” भन्छन् फर्केका मान्छे,
तर आँसु लुकाउने व्यवहारो देख्दा डर लाग्छ।
- -इश्वर ढकाल
हाल-डालस, टेक्सास ।