समाज
अभिनेत्री सिल्पा पोखरेल अब सन्यासी ।
काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल ओशो सन्यासी बनेकी छिन् । उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको संन्यास दीक्षा ग्रहण गरेकी हुन् ।
उनले संन्यास दीक्षा लिएको जानकारी अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् । वर्गीकृत विज्ञापन विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् उनले ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्,'नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु ।
उनले आफूलाई नयाँ नाम माँ प्रेम हाँस्या राखेकी छिन्। उनलाई यो नाम स्वामी आनन्द अरुणले राखिदिएका हुन् । ओशो तपोवनमा नियमित रूपमा ध्यान गरिरहेकी शिल्पाले आध्यात्मिक मार्ग अवलम्बन गरेकी हुन्।
अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।' Laxmi sunrise bank 2034 शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी हुन् ।