राजनीति
राष्ट्रीय स्वतन्त्र पार्टी टेक्सास च्याप्टर को दोस्रो बैठक सम्पन्न ।
अमेरिका, टेक्सास ।राष्ट्रीय स्वतन्त्र पाटी टेक्सास च्याप्टर कार्यसमिति को अनलाईन बैठक राष्ट्रीय स्वतन्त्र पार्टी टेक्सास का संयोजक रवीन पाठक को अध्यक्षता मा सम्पन्न गरियो।
राष्ट्रीय स्वतन्त्र पाटी टेक्सास च्याप्टर का सह-संयोजक राज अधिकारी को ममतामयी माता को निधन प्रति समवेदना प्रकट गर्दै एक मिनेट मौन धारण बाट कार्यक्रम को सुरुवात भएको थियो ।
च्याप्टर का अध्यक्ष रविन पाठक ले आफु हरु ले देश को चौथो शक्तिशाली पार्टी रास्वपा टेक्सास च्याप्टर मात्र नभएर समग्र अमेरिका मा रहेका सबै नेपालि हरुको हरेक सुख र दुख मा साथ दिने भुमिका खेल्न आफु कहिले पछि नहट्ने बताउनुभएको थियो। कार्यक्रम मा उपस्थित पदाधिकारी तथा सदस्य हरु ले वर्तमान परिस्थिति मा नेपाल बाट अमेरिका अध्ययन गर्न आउनु भएका विद्यार्थीहरू को अवस्था बारे चिन्ता व्यक्त गर्दै उक्त समस्या को समाधानका उपायहरू बारे पनि व्यापकरूपमा छलफल भएको थियो ।
त्यस्तै सह-संयोजक राज अधिकारीले देश वनाउने अभियान मा हामी पवित्र मनले अझै घनिभूतरूपमा क्रियाशिल हुनु पर्ने कुरामा जोड़ दिनु भएको थियो ! त्यस्तै आदणिय केशव थपलियाले नेपाल लाई आर्थिकरूपमा सवल वनाउन हाम्रा प्रयास गुणात्मकरूपमा अगाडी वढाउनु पर्ने मनतव्य दिनु भएको थियो !
सूचना पन्त रमेश थापा विप्लव पराजुली शंभ्मु गैरे ईश्वर ढकाल टंकमणि घिमिरे ले पनि आ-आफ्नो धारणा राख्नु भएको थियो ! त्यस्तै कार्यक्रम मा सचिवको अनुपस्थित रहेका कारण उक्त कार्यक्रम को सहजिकरण टंकमणि घिमिरेले गर्नुभएको थियो ।
टेक्सास च्याप्टर का सक्रिय सदस्य एवम् युवा लिडर टंक मणी घिमिरे ले बताए अनुसारउक्त कार्यक्रम मा रास्वपा टेक्सास लाई अझै बलियो बनाउन तथा उक्त राज्यमा बसोबास गर्ने नेपालि हरु को हित को केहि प्रस्ताव हरु पनि ल्याइएका थिए ।
प्रस्ताव हरु मध्य केहि महत्वपुर्ण प्रस्ताव हरु तल उल्लेख गरिएको छ । प्रस्तावहरू :
1. नेपाल वाट अध्ययन गर्न आएका विद्यार्थीहरू लाई सहयोग गर्ने !
2. सल्लाकार नियुक्तिको लागि प्रस्ताव पेश भएकोमा नियुक्तिको प्रकृया अगाडी वढाउने !
3. महिला दिवसको अवसरमा नेपाल वाट राष्ट्रीय स्वतन्त्र पाटीका केन्द्रीय पदाधिकारीहरू संग अन्तक्रिया कार्यक्रम गर्ने !
4 तत्कालको लागि भैपरिआउने आर्थिक कारोवार संयोजक रवीन पाठक ले गर्ने !
कार्यक्रम मा राखिएका सम्पुर्ण प्रस्ताव हरु सर्वसम्मतिले अनुमोदन गरिएको थियो ।