समाज
वडाध्यक्ष को दादागिरी , आफुखुशी काम नहुदा सचिव लाई कुटे ।
तनहुँ ।आफु खुशि बिल पास नगरेको भन्दै तनहुँका एक वडाध्यक्षले सचिव कुटेका छन् ।
बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङले आज वडासचिव नवीन भुसालमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका वडा सचिवको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सचिव भुसालको घाँटीमा गहिरो चोट भएको चिकित्सकले बताएका छन् ।
कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । पीडित पक्ष तथा बन्दीपुर गाउँपालिकाका कर्मचारीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग सहित आकस्मिक सेवा बाहेक सबै कामकाज ठप्प पारेको गाउँपालिका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।