राजनीति
यस्तो छ रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा पठाउन अदालतले दिएको आदेश!
चितवनमा रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाएको भन्दै जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई रातारात सरुवा गरेपछि उनको ठाउँमा बुटवल उच्च अदालतबाट तानिएका उपन्यायाधिवक्ता रवि न्यौपानेले बुधबार मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अनुसार ठगी कसुर गरे

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउन अदालतले आदेश दिएको छ । साहारा सहकारी प्रकरणमा बुधबार कार्यालय समयमै अदालत पुगेका लामिछानेको बयान सकिएपनि उनीविरुद्धको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाउन चितवन जिल्ला अदालतले आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनीविरुद्धको मुद्धालाई हेर्दाहेर्दैमा राखेर लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । बुधबार लामिछानेको बयानपछि भएको थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट ३ जना र जोहरीकर्ताका तर्फबाट १ जनाले बहस गरेका छन् ।
बिहिबार जोहरीकर्ता र प्रतिवादीका तर्फबाट बहस हुने छ । लामिछानेका तर्फबाट बहसको लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु डा नारायणदत्त कँडेल, चुडामणी सापकोटाले वकालतनामा हालेका छन् ।